बलेवा, २० कात्तिक । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिए । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्ने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेका छन् । जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे […]