‘रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खाने तेलमा कालोबजारी’

राष्ट्रिय उपभोक्ता मञ्चले अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध देखाएर खानेतेलमा कालोबजारी सुरू भएको आरोप लगाएको छ । मञ्चले विज्ञप्ति निकाल्दै रुस र युक्रेन युद्ध देखाएर उद्योगी व्यापारीले तेलको मूल्य बढाएको आरोप लगाएको हो । ‘गत वर्ष अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,’ मञ्चले उल्लेख गरेको छ, ‘उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।’ भर्खर ६ मात्र भएको युक्रेन युद्