कोभिड–१९ कारण कोही भोकै बस्नु पर्दैनः सांसद बस्नेत

सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गर्नुभएको छ । अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पु¥याउन निर्देशनसमेत दिइसकेको बताउँदै सांसद बस्नेतले उपत्यकाभित्र समस्यामा परेकाहरुले आफूलाई खबर गर्न आह्वान गर्नुभयो ।

सम्बन्धित सामग्री

एमाले सांसद बस्नेत प्रदेशसभामा अनुपस्थित हुन जानकारी गराएर एनजीओको कार्यक्रम

मोरङ – नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत विराटनगरमा आयोजित एनजीओको कार्यक्रममा सहभागी भएका छन्। उनले आफ्नो काबूबाहिरको परिस्थितिका कारण प्रदेशसभाका चालु अधिवेशनका केही बैठकमा अनुपस्थित हुने जानकारी गराएका थिए। तर, बस्नेत सोमबार विराटनगरमा कोक्यापद्वारा आयोजित ‘नागरिक शिक्षा र मानव अधिकार’ विषयक कार्यक्रममा पूरा समय उपस्थित भए। प्रदेशसभामा सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत […]