काठमाडौं– काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ । बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा चार बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो । बञ्चरेडाँडामा फोहोर […]