अन्ततः मेस्सी पेरिसमा, भने – मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ

 लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका छन् । ३४ वर्षीय खेलाडीसँग तीन वर्ष रहने विकल्प पनि करारमा राखिएको छ । ला लिगाको फाइनान्सिययल फेयर प्लेको नियमअनुसार नयाँ करार दिन नसकेपछि मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्न बाध्य भएका हुन् । ‘म पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्न निकै आतुर छु । मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ,’ करारमा हस्ताक्षर गरेपछि मेस्सीले भने, ‘मलाई थाहा छ यहाँ निकै प्रतिभावान् खेलाडी र स्टाफ रहेका

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग आजदेखि: फरक टिम, फरक उद्देश्य

नेपाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ । अवसर छ, सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ । त्यसको पूर्वसन्ध्यामा हिमालयन शेर्पा क्लबबाहेक अन्य सहभागी टिमका प्रशिक्षक तथा कप्तान बिहीबार मिडियासामु प्रस्तुत भए । कुनै क्लबको उद्देश्य लिग जित्नु थियो भने कसैको रेलिगेसनबाट मात्र बच्ने । अनि केही क्लब भने यसअघिका संस्करणको तुलनामा राम्रो प्रदर्शनको अपेक्षा राखिरहेका थिए । यसपालि प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहनेछ ।

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग प्रदान

असोज ६, काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौ महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई रू. ४ लाख ९७ हजार २०० आर्थिक सहयोग मंगलवार प्रदान गरेको हो ।  उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने बताइएको छ ।  यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।  समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुयाएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।