बागलुङ : जैमिनी–१० का विमल केसी छोरा गणेश केसीको खोजीका लागि प्रहरी, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष पूरा भयो। सशस्त्र द्वन्द्वका बेला २०५८ साल मंसिर १२ गते नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो। सबैतिर हारगुहार गरे पनि केसीले न्याय पाएका छैनन्। केसीलाई अझै पनि छोरो फर्किएर आउने आश छ। तर छोरा कहाँ, कुन अवस्थामा छ भन्ने अत्तोपत्तो छैन। ‘छोरो अहिले ३४ वर्षको हुन्थ्यो, बुढेसकालको सहारा बन्थ्यो। जिउँदो छ कि मर्यो, अत्तोपत्तो छैन&r