काठमाण्डाै - पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको छ ।
हरेक वर्ष मंसिर कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन हिजो लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिनुभयो ।
गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालयले जनाएको छ ।
तलेजु भवानी लिन क्लबको नेतृत्वमा स्थानीय बासिन्दाको समूह त्यसतर्फ गएको पन...