सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म चल्नेछ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्ने छ ।खाद्य कम्पनीका निर्देशक श्रीमणि खनालले आजदेखि सञ्चालनमा