काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका- १४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार राज्य मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर- ४ बस्ने २० वर्षीय कृष्णकुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३-००१ […]