विगत केही दिनयता मुग्लिङ–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पटक–पटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिराले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी गाउँपालिका–५ र […]