धनगढी : प्रदेश ७ को सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका छन्। उनले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन्।
प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गरे। प्रस्तावको विपक्षमा १...