२९ असार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि दुई दिनदेखि स्थिति तनावग्रस्त बनेको छ । बिहीबार घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्युपछि आक्रोशित बनेको परिवार र आफन्तजनले शुक्रबार पनि प्रतिष्ठान अगाडि विरोध प्रदर्शन जारी राखेका छन् । दिउँसो भिडभाड बढ्दै गएपछि प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन खोज्दा […]