संसद्ले संक्रमणकालीन विधेयक प्राथमिकताका साथ अगाडि लैजानुपर्छ : बस्नेत

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद्‌मा पनि सोही प्राथमिकाका साथ अगाडि लैजानुपर्ने बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बस्नेतले संविधानको कार्यान्वयनसँग पनि सम्बन्धित भएकाले विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने बताए ।