आईसीयूमा उपचाररत कोरोना संक्रमित उच्च अदालतका न्यायाधीश भट्टराईलाई काठमाडौं लगियो

कञ्चनपुर : कोभिड १९ बाट संक्रमित उच्च अदालत दिपायल-महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई काठमाडौं लगिएको छ। महाकाली उप-प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत भट्टराईलाई बुधवार विहान हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित नारायणथानको कोभिड १९ अस्पताल लगिएको अधिवक्ता प्रकाश पाण्डेले जानकारी दिए। उनका अनुसार एक साताअघि संक्रमित भएका न्यायाधीश भट्टराईको स्वास्थ्य अवस्था स्थिर…

सम्बन्धित सामग्री

जिल्ला अदालत मोरङका दुई न्यायाधीशसहित २७ जनामा कोरोना संक्रमण, सेवा सीमित

मोरङ – जिल्ला अदालत मोरङमा कार्यरत २७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। दुई न्यायाधीशसहित २७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो, जसका कारण अदालतको सेवा संकुचित गरिएको छ । विराटनगरस्थित अदालतका न्यायाधीश भरत लम्साल र किशोर घिमिरेसहित २७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। सोमबार २० जनाको पीसीआर रिर्पोट पोजिटिभ […]

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् ।

न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन बारको आग्रह

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन […]

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् । गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो । सर्वोच्च अदालतमा आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेसी त...

न्यायालयका २२ न्यायाधीशसहित १ सय ३९ कर्मचारी कोरोना संक्रमित

विकास भट्टराई, काठमाडौं नेपालभरका न्यायाधीशमध्ये २२ जनालाई कोरोना संक्रमण भएको छ । यसै गरी न्यायालयमा कार्यरत १ सय ३९ जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका छन् । सर्वोच्चका उपरजिस्ट्रार देवेन्द्र ढकालले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र उच्च सतर्कता अपनाउँदा समेत २२ जना न्यायाधीश र १ सय ३९ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभएको छ […]

मुलुकभरीका अदालतमा २२ न्यायाधीश र १३९ कर्मचारीलाई कोरोना संक्रमण

सर्वोच्चले बुधवार जारी गरेको विज्ञप्ति अनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सबभन्दा बढी कोरोना संक्रमित भएका छन्। त्यहाँ ४ न्यायाधीश र १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

कोरोना संक्रमित बाबुको मृत्यु भएपछि छोरीद्वारा अदालतमा रिट

काठमाडौं- अस्पतालको लापरबाहीले कोरोना संक्रमित बाबुको मृत्यु भएको भन्दै उनकी छोरीले हालेको रिटमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्दै विपक्षीहरूलाई छलफलमा बोलाएको छ। बिहीबार न्यायाधीश...