मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रतिनिसिभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो।उनले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य संचालन गर्नुपर्ने संवैधानिक बाध्यता छ। संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिष