झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडिको सिटमा सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।