विदेश भ्रमणमा जाने नेपालीले अब २५ सय डलर साट्न पाउने

काठमाडौं : विदेश भ्रमणमा जाने नेपालीले अब २ हजार ५ सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज (शुक्रबार) जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीवापत प्रतिपटक अधिकतम अमेरिकी डलर २ हजार ५ सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन्। त्यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ।एकीकृत निर्दे