काठमाण्डाे – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो । सरकारको गैरजिम्मेवारपनले नागरिकलाई आहत तुल्याएको भन्दै उहाँले नागरिककाे समस्या समाधान गर्ने गरेर बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो ...