काठमाडौं : आज २७औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन्।यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदि