काँग्रेस चितवनको अधिवेशन अन्योलमा

चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली काँग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रीय […]

सम्बन्धित सामग्री

काँग्रेस चितवनको अधिवेशन आज : नेतृत्वका लागि पाँच जना मैदानमा

नेपाली काँग्रेस चितवनको अधिवेशन आज (शुक्रबार) हुँदै छ । आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको सुरु हुने छ। उम्मेदवारी मतदाताको अन्तिम नामावली प्रकाशनपछि मतदान सुरु हुने निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि पार्टी संस्थापन र इतर समूह गरि  ५ जना उमेदवार मैदानमा छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र श

काँग्रेस चितवनको अधिवेशन शुक्रबार, सभापतिका आकांक्षी आधा दर्जन

नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए ।उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् ।प्रा. डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल,

काँग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोखरेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन ।   पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाएका छन् । काँग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा

काँग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरे । पोखरेलले काँग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाए

काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

एमाले महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगन

नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको काँग्रेसले जनाएको छ ।एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको काँग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । “यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ”, उनले भने ।मङ्सिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समित

नेपाली काँग्रेस चितवनको सभापतिमा ८ जना प्रत्यासी

१९ भदौ, चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् । नेपाली काँग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ । जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ । जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।