मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेर्न पुगेका ३९ जना पक्राउ

चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न पुगेका अभियानकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्र