सुपरहिरो अवतारमा देखिए धोनी

काठमाडौँ– दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् । यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । […]