चाणक्य एक योग्य शिक्षक थिए । उनी राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् ।
जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।
उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन् ।
तीमध्ये एक हो 'आम्दानी भन्दा बढी खर्च गर्नु मुर्खता हो' ।
चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निशानी हो । पूँजीलाई सधैं जरुरी...