काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका किशोर/किशोरीले आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ। भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ।पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर र किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । काठमाडौं र ललितपुरमा