न्युजिल्याण्डको कप्तानी साउथीले गर्ने, विलियम्सन टेष्टको तयारीमा

३० कात्तिक, काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध हुने तीन खेलको टी-२० सिरिज गुमाउने भएका छन् । विलियम्सन टेष्ट टिमको प्रशिक्षणमा सहभागी भएकोले न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा टिम घोषणा गरेको छ । न्युजिल्याण्ड भारतसँग बुधबार पहिलो टी-२० खेल जयपुरमा खेल्दैछ । यूएईमा टी-२० विश्वकपको फाइनल खेलेको केही दिनमै न्युजिल्याण्डले भारतविरुद्ध सिरिज खेल्न लागेको हो […]