किन बोझ बन्दैछन् बुढापाका ? बाह्र छोरा तेह्र नाति, आफ्नो दुःख आफैंमाथि !

हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं । त्यसपछि ? हाम्रो देह माटोमा विलय हुन्छ । जीवनको सारा चमक-धमक, इच्छा-आकंक्षा, खुसी-उमंग, दुःख-पीडा, रिस-राग, दम्भ-अहंकार केही पनि बाँकी रहँदैन । जतिबेला हामी बच्चा थियौं, हात-पाउ टेकेर हिँड्थ्यौं । बिस्तारै …