कृष्ण आचार्य नेपेक्सको सर्वसहमत अध्यक्ष चयन

काठमाडौँ – व्यवसायी कृष्ण आचार्य नेपाल पावर एक्सचेन्ज (नेपेक्स)को अध्यक्ष चयन भएका छन्। शुक्रबार भएको अधिवेशनबाट आचार्य नेपेक्सको सर्वसहमत अध्यक्ष निर्वाचित भएका हुन्। उनले स्वतन्त्र उर्जा उत्पादक संघको समेत नेतृत्व गर्दै आएका छन्। डिसहोम, कामना सेवा विकास बैंक, विभिन्न हाइड्रो पावरमा आचार्य परिवारको लगानी छ।

सम्बन्धित सामग्री

भब्य कार्यक्रमसहित पोखरामा बिक्री सुरु भयो नामी ह्याचव्याक (भिडियोसहित)

पोखरा । नेपालका लागि डोङफेङ ईभीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा नामी ह्याचव्याक बिक्री सुरु गरेको छ । हिजो आइतवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले पोखरामा नामीको बिक्री थालेको हो । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा स्वतन्त्र उर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन […]

अमेरिकामा नेपाली संस्थाले सबै नेपालीलाई जोड्नुपर्नेमा त्यसमा कमी छ: कृष्ण आचार्य

नेपालको खोटाङको दिक्तेलमा जन्मेका कृष्ण आचार्य अहिले अमेरिकाको न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष छन् । अमेरिकामा धेरै नेपाली संस्थाहरु रहेकै अवस्थामा खुलेको नयाँ संस्था हो जमैका नेपाली समाज । किन आवश्यक पर्यो यो संस्था? के अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई जोड्ने काम गरेका छन् ? के यस्ता संस्थाहरुको सार्थकता छ ? यसबारेका खसोखास […]

निवर्तमान उर्जामन्त्री लिङ्देन भेट्न पुगे इपानको टोली

काठमाडौं । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली आज राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ । इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज राप्रपा अध्यक्ष, निवर्तमान उर्जा मन्त्री लिङ्देनसँग भेट गरी उनको छोटो कार्यकालमा विद्युत उत्पादनको क्षेत्रमा चमत्कारिक काम भएको र नेपाली […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. भट्टराई

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई स्वागत गरिएको छ। अस्पतालको दुई वर्षभन्दा बढी कार्यकारी निर्देशक भएका डा. कृष्ण आचार्य भेरी अस्पताल, नेपालगञ्जमै फर्किएपछि डा. भट्टराई कार्यकारी निर्देशकमा नियुक्त भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए। नवनियुक्त कार्यकारी निर्देशक डा. भट्टराईलाई आइतबार अस्पतालमा स्वागत गरिएको छ। […]

नेपाल पावर एक्सचेन्जको अध्यक्षमा आचार्य

विद्युत व्यापारका लागि निजी क्षेत्रले स्थापना गरेको नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।तीन महिना सम्पन्न भएको कम्पनीको साधारणसभाले छनोट गरेको सञ्चालक समितिले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाईँ अध्यक्ष थिए । नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ छन् । यस्तै, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी छन् ।कृष्ण

धादिङमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो ।एकेडेमी स्थापना गर्नेबारे इप्पानका अध्यक्ष कृष्ण आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालबीच मंगलबार सम्झौतामा हस्ताक्षरसमेत भएको […]

जलविद्युत् क्षेत्रको निजी लगानी संकटमा

जलविद्युत्मा ठूलो लगानी गर्ने लगानीकर्तालाई सरकारले हतोत्साहित होइन, प्रोत्साहित गर्नुपर्छ, यसका लागि विशेष राहत योजना ल्याउनुपर्छ ।कृष्ण आचार्य, इप्पान अध्यक्ष सार्थक राहत योजना नल्याउने हो । लगानीकर्ताको इक्वेटीसँगै ऋण दिने बैंक र लाखौ सर्वसाधारणको लगानी पनि डुब्छ, यसले अर्थतन्त्र नै धराशायी बनाउँछ ।कुमार पाण्डे, पूर्वउपाध्यक्ष इप्पान कोरोना कहरले जलविद्युत् क्षेत्रमा निजी लगानी झनै संकटमा परेको […]

जलविद्युत् नीति कार्यान्वयनमा सामन्ती प्रवृत्ति कायमै छ

कृष्ण आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका नवनिर्वाचित अध्यक्ष हुन् । सरकारले जलविद्युत्मा निजी क्षेत्रको सहभागिता गराउन थालेको साढे दुई दशक नाघिसकेको छ, तर निजी प्रवद्र्धकहरूले अझै पनि सरकारले यस क्षेत्रलाई प्राथमिकतामा नराखेको र सहजीकरण पनि नगरेको बताइरहेका छन् । साढे १३ सय मेगावाट कुल क्षमतामध्ये करिब ६० प्रतिशत निजी क्षेत्रको हिस्सा रहे पनि […]