२०२० मा कश्मीरमा भएका आतङ्कवादी हमला, विगतका तुलनामा कमी
काठमाडौं । सन् २०२० मा कश्मीरमा सुरक्षा बलमाथि मात्रै ९८ आतङ्कवादी हमला भएका छन् । ती हमलामा २९ सैनिक र ५ निर्दोष सर्वसाधारणहरूले ज्यान गुमाएका छन् । सुरक्षा बलमाथिको आक्रमणमा ४९ सुरक्षा बलका जवान र ३८ सर्वसाधारण घाइते भएका छन् ।