मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेकामा यस व