विर्तामोड । नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज सोमबार बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले सोमबार बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी …