लमजुङ – प्लास्टर गरिएको घरको पिँडी । पिँडीमा बिच्छ्याइएको परालको गुन्द्री । गुन्द्रीमाथि परम्परागत ढुङ्गाबाट बनेको जाँतो । त्यही जाँतोमा मकै पिस्न व्यस्त हुनुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–३ केराबारीका चन्द्रप्रसाद श्रेष्ठ।
उहाँले परम्परागत जाँतोमा मकै पिस्दै गरेको देख्दा/हेर्दा गाउँघरबाटै पछिल्लो समय हराउँदै गएको ढिकी, जाँतो संस्कृति र ग्रामीण परिवेश झल्किएको आभास गराउँछ । प्राय : फुर्सदको समयमा उहाँ घरमा पालिएका भैँसी र बाख्राका कुँडोका लागि यसरी नै जाँतोमा मकै पिस्नुहुन्छ ।
‘मिलमा मक...