काठमाडौँ। सरकारको आगामी आर्थिक वर्षको बजेटबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्ने स्रोतले जनाएको छ ।