काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दश महिनामा नेपालले ३ अर्ब ३८ करोड २ लाख ५२ हजार रुपैयाँको चिया निर्यात गरेको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्म नेपालले १ करोड ५ लाख ४२ हजार ४३० केजी ग्रिन र ब्ल्याक चिया निर्यात गरेको छ।