काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो। भेटमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए। …