बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको प्रि बजेटमा दलगत र क्षेत्रगत विभेद गरिएको आरोप लगाएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै श्रेष्ठले सदनमा सम्बोधनका लागि दिइने समयमा समेत विभेद गरिएको भन्दै असन्तुष्टि जनाए ।उनले मुलुकमा तरलता अभाव भइरहेको र भविष्यमा आर्थिक संकटको जोखिम रहेको भएपनि सरकारले ल्याएको प्रि बजेट ल्याउँदा त्यसलाई कसरी न्यूनिक