काठमाण्डाै - सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
चामल, तेल, दाल, गेडागुडी, नुन लगायतका सरसामान सजिलै पाइए पनि चिनी पाउन नसकेको उपभोक्ताको गुनासो छ ।
सरकारले गएको आइतवारदेखि सञ्चालनमा ल्याएको सुपथ पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि अभाव भएको हो । कतिपय सुपथ पसलमा चिनी नै छैन भने भएका ठाउँमा चिनी लिनकै लागि घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता छ ।
सुपथ मूल्य पसलमा एक जनालाई बढीमा दुई किलोसम्म चिनी दिने गरिएको छ । अन्...