कोरोनाको जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन अनुरोध

सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रूपमा अन्त्य नभएकाले सचेतताका साथ बडादशैं मनाउन आह्वान गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले मंगलवार विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दशैं मनाउन अनुरोध गरेका हुन् । नेपालीको महान् चाड दशैं, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएक...