बीआरआई अघि नबढाउन सरकारलाई विज्ञहरूको सुझाव, श्रीलङ्काजस्तै सङ्कटमा फस्न सक्ने चेतावनी

चीन सरकारले बीआरआई अघि बढाउन नेपाल सरकारलाई दबाब दिइरहेको समयमा विज्ञहरूले भने यसलाई यही रूपमा अघि नबढाउन सुझाएका छन्। सन् २०१७ मा नेपाल र चीन सरकारबीच भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न चीनले नेपाललाई दबाब दिइरहेको छ।