कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदैछ ।यसैगरी सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने त