ह्युमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् । यो विश्वकै तेस्रो केस हो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । कसरी भयो उपचार ? वैज्ञानिकले नयाँ कोशिकाहरु प्रत्यारोपण गरेर एचआईभी संक्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरु (स्टेम सेल एचआईभी संक्रम