काठमाण्डाै – लिखु जलविद्युत् आयाेजनामा कार्यरत कैलाश कार्कीकाे शव अलपत्र परेकाे छ । बुधवार राति रामेछापको उमाकुण्ड गाउँपालिका–१ कोरेममा कार्कीकाे शव बीच बाटोमै छाडेर लिखु जलविद्युत् आयोजनाका प्रतिनिधि सम्पर्कविहीन भएपछि उहाँकाे शव अलपत्र परेको छ ।
बुधवार रामेछापको गोकुलगङ्गा गाउँपालिका –१ साङ्बाडाँडाका कार्कीको आयोजनामा काम गर्ने क्रममा ज्यान गएको थियो । घटनास्थलमै ज्यान गुमाएका कार्कीलाई उपचारका लागि अस्पताल लैजाने भन्दै आयोजनाका प्रतिनिधिले एम्बुलेन्समा राखेर लैजादै गर्दा स्थानीयले बाटोमै रोकेक...