जब बन्दुके डाँडा फेरियो...

बन्दुके डाँडामा बन्दुक पड्किन छाडेको धेरै भयो । खानेपानी नहुँदा बन्दुक हुने मात्र नभई अरू मानिस नै विस्थापित भएको डाँडाको पहिचान भने अझै पनि बन्दुके डाँडा नै हो तर अब विस्तारै यो डाँडो फेरिँदैछ पोखरी डाँडाका रूपमा । यहाँ अब आधुनिक प्रविधिसहितको तरकारी र फलफूल खेती शुरू भएको छ । बाहिरपट्टि काठ र बाँस गाडेर भित्र प्लास्टिक हालेर बनाइएका ठूला तहगत पोखरीले गाउँलेको तरकारी बारी भिजाउने काम गर्छ । पोखरी मूल फुटेर बनाइएको होइन वर्षाको आकासे पानी सङ्कलन गरेर बनाइएका हुन् । पोखरी बनेपछि खानेपानी लिन झन्डै दुई घन्ट...