विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा १५ अर्बभन्दा धेरै खर्चिए

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ परेको हो ।गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो । यस्तै नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय पनि एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।...