बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए । उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचानक आगलागी भएको घर्तीको भनाइ छ