भरतपुरका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा

चितवनको भरतपुर उपमहानगरपनलिकामा भूमिहीन सुकुम्बासीलाईआइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको हो ।