कोरोना फैलिने भन्दै संक्रमितको शव बोकेको एम्बुलेन्समाथि स्थानीयद्वारा अवरोध

झापा : स्थानीयवासीले बस्ती नजिकै कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीका बासिन्दाले संक्रमितको शव बोकेको शव वाहन बाटैमा रोकेर अवरोध गरेका हुन्। गाउँघरमा संक्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको शव वाहन अन्ततः सुरक्षाकर्मीले यहाँबाट अन्यत्र लगेका छन्।स्थानीयको अवरोधका कारण संक्रमितको शव बोकेको सवारी साधन पाँच घण्टासम्म सडकमै रोकिएको थियो। उनीहरूले सडकमै ठूल्ठुला ढुंगा राखेर अवरोध गरेका थिए। घटना विवरणअनुसार कचनकवल