काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले अग्रणी चार्टर्ड एकाउन्टेन्ट स्वर्गीय तीर्थराज उपाध्यायको योगदानको स्मरण गरेको छ । संघले उपाध्यायको निधनको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरी उनीप्रति सम्मान व्यक्त गर्नुका साथै योगदानको स्मरण गरेको हो ।
श्रद्धाञ्जली सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्षहरू, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष तथा पूर्वअध्यक्षहरूको सभागिता थियो ।