काठमाडौं : कोरोनाको तेस्रो लहरका कारण माघ पहिलो साता बन्द भएका नाटकघर फेरि खुलेका छन्। संक्रमण दर घट्दै गएपछि नाटकघर फेरि खुलेका हुन्। यतिवेला शहरमा दुई वटा नाटक मञ्चनरत छन्। सिनामंगलस्थित पुरानो घर थिएटरमा 'लाटीको छोरा' मञ्चन भइरहेको छ भने थापागाउँस्थित कुञ्ज नाटकघरमा आरोहण गुरुकुलको 'पुतलीको घर' मञ्चन भइरहेको छ। यसअघि पुस ३० देखि माघ ९ सम्म मञ्चन भएको नाटक 'लाटीको छोरा' दर्शकको आग्रहमा माघ २४ देखि फेरि मञ्चन सुरु भएको हो। सुलक्षण भारतीको निर्देशनमा त