क्यापिटल हिल दंगाको दिन ट्रम्पको फोन ८ घण्टा रेकर्ड गर्न छुटाइएको खुलासा

गतबर्ष जनवरी ६ को क्यापिटल हिल दंगाको दिनमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकल रेकर्ड गर्न ८ घण्टा छुटाइएको खुलासा भएको छ । ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड गरिने भएतापनि उक्त दिन ट्रम्पको फोन ८ घण्टासम्म रेकर्ड नगरिएको संसदीय अनुसन्धान प्यानलले पत्ता लगाएको छ । विहान ११ बजेदेखि बेलुका ७ बजेसम्मको फोन रेकर्ड […]

सम्बन्धित सामग्री

जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा

काठमाडौं– जनवरी ६ का दिन क्यापिटोल हिलस्थित अमेरिकी कांग्रेसमा भएको दंगाका दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन झण्डै ८ घण्टा सम्म रेकर्ड नभएको पत्ता लागेको छ । सामान्यतः ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड हुने भएता पनि त्यस दिन बिहान ११ः१७ बजेदेखि बेलुकी ६ः५४ बजेसम्म ट्रम्पको फोन रेकर्ड नभएको वाशिङ्टन पोष्टले जनाएको छ । […]

उद्योगी र होटल व्यवसायीसँग २०७३ फागुनमा कुलमानले गरेको त्यो मिटिङ

नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुसँग लिनै नपर्ने बिजुलीको महशुल माग गरेको विषय अहिले चर्चामा छ । निजी क्षेत्रका सबैजसो औद्योगिक घरानाहरुमा प्राधिकरणले बक्यौता देखाउँदै बिल पठाएपछि उद्योगीहरु अचम्मित मात्रै नभई आक्रोशित पनि बनेका छन् ।लोडेसेडिङको अवधिमा लोडसेडिङ मानेर बसेका उद्योगहरुमा पनि बिल पुगेको छ । जबकी, प्राधिकरणले २०७३ साल माघ महिनाको समयमा औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टासम्म लोडसेडिङ गरेको थियो । भरतपुर, बुटवल, वीरगन्ज, सिमरालगायत औद्योगिक कोरिडोरहरुमा प्राधिकरणले दैनिक विद्युत काटेको थियो । विद्युत कटौती गर्ने तर, त्यसको ३ वर्ष औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति भएको थियो भनेर बिल पठाउने कुरा न्यायसंगत नभएको उद्योगीहरुको दाबी छ ।नियमित विद्युत आपूर्ति नभएको समयको बक्यौता देखाएर अहिले प्राधिकरणले डेडिकेटेड वा ट्रंक लाइन भनेर बिल काट्न नमिल्ने उर्जा विज्ञहरु नै बताउँछन् । यति मात्रै नभई विद्युतको महशुल संकलन विनियमावली अनुसार डेडिकेटेड वा ट्रंक लाइनबाट कसैले विद्युत उपभोग गर्न चाहेमा यसका लागि प्राधिकरणमा निवेदन दिनुपर्छ । प्राधिकरणको सञ्चालक समितिबाट पास भएपछि मात्रै त्यस्तो निवेदन दिनेले बिजुली पाउँछ । तर, यो प्रक्रिया कुनैपनि पूरा भएको रेकर्ड प्राधिकरणसँग छैन । प्राधिकरणले त्यतिबेला स्वीकार गरेको विषय२०७३ सालमै प्राधिकरणका तत्कालिन प्रवक्ता प्रबल अधिकारीले त्यतिबेला नै औद्योगिक क्षेत्रमा लोडसेडिङ रहेको बताएका थिए । उनका अनुसार त्यतिबेला ढल्केबर–मुजफ्फरपुर लाइनमा पर्ने उद्योगलाई तीन समूहमा विभाजन गरेर हरेक समूहमा दैनिक ७ देखि ८ घण्टा लोडसेडिङ गरिएको थियो ।काठमाडौँ बाहिरका साना तथा लघु घरेलु उद्योगले दैनिक ३ घण्टासम्म लोडसेडिङ खेपेका थिए ।यो पनिःकुलमानलाई प्रश्न, ‘बिजुली दिन नसकेपनि पैसा चाहिँ तिर्नुपर्छ भन्नु कति जायज ?’कुलमानलाई उद्योगीहरुले दिएको त्यो साथकुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि उनले २०७३ साल तिहारको अवसर पारेर काठमडौँलाई लोडसेडिङ मुक्त घोषणा गरे । २०७३ सालको लक्ष्मीपूजाका दिनदेखि काठमाडौँ उपत्यकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो ।तर, सोही वर्षको फागुनबाट माग धान्न गाह्रो भएपछि घिसिङ उद्योगीहरुसँग याचना माग्न पुगे । उद्योगीसँगको भेटघाट तथा छलफलमा कुलमानले साँझको समयमा विद्युत प्रयोग नगरिदिन अनुरोध गरे । यसअघिः६ वर्ष अघि क्षेत्रीय कार्यालयबाट झिकाईएको ‘टीओडी डेटा’ देखाउन कुलमानको आनाकानीउद्योगीले तिर्नै नपर्ने पैसा माग्दै कुलमान, हेर्नुस् ६ तथ्य३ सय मेगावाट विद्युत उपभोग गरिरहेका उद्योगीहरु लोडसेडिङ मुक्त बनाउने कुलमानको अभियानमा साथ दिन तयार भए । फलस्वरुप उनीहरुले साँझ ६ बजेदेखि १० बजेसम्म आफूहरुले उपभोग गरिरहेको विद्युत उपभोग नगर्ने भए । यसैको जगमा सर्वसाधारणले बिजुली पाएका थिए ।यति मात्रै नभई २०७३ फागुन १० गते कुलमानले होटेल व्यवसायीसँग पनि छलफल गरे । तुलनात्मक रुपमा होटल क्षेत्र पनि रातीको समयमा बढी बिजुली खपत हुने क्षेत्र भएकाले कुलमानले होटल व्यवसायीसँग साँझ ६ः३० देखि ९ बजेसम्म डिजेल प्लान्ट राखेर बिजुलीको उपभोग घटाईदिन अनुरोध गरेका थिए । होटलवालाहरुले पनि कुलमानको यो प्रस्ताव स्वीकार गरे ।जसले लोडसेडिङ अन्त्यको जग बसाल्यो ।तर, अहिले आएर उनै कुलमान उद्योगी व्यवसायीहरुलाई ‘डेडिकेटेड वा ट्रंक लाइनमार्फत दैनिक २० घण्टासम्म बिजुली उपभोग गरेका छौ’ भन्दै महशुल तिर्न सर्वसाधारणमार्फत दबाब सिर्जना गर्दैछन् ।

यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान

प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन