कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरका थारु समुदायमा ‘अटवारी पर्व’ को रौनक छाएको छ । आइतबमर देखि कञ्चनपुरका थारु समुदायले ‘अटवारी पर्व’ मनाउदै छन् । परापुर्वकालदेखि मनाउदै आएको अटवारी पर्व यहाँका थारु समुदायले धुमधामका साथ मनाईरहेका छन् ।
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।